लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपाका केन्द्रीय नेताहरू संगठन निर्माणका लागि स्थानीय तहमा जाने

IMG

तिलोत्तमा / असार ११ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भूगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी दिएको छ ।


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाका नेताहरूले भन्दै आएको नवीन राप्रपाको नयाँ कार्यक्रम अन्तर्गत नेताहरूले आआफ्नै स्थानीय तहमा संगठन पुनर्गठन तथा विस्तार गर्नुपर्ने बताइएको छ । ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेताहरूलाई यसरी खटाइएको यो पहिलो अभ्यास भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।


राप्रपाले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेर उनीहरूको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ । यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने पनि राप्रपाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्