लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै

tillotmacitynews - 2023 Jun 25 08:37 AM
IMG

तिलोत्तमा सिटी / असार १० । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेस्वरस्थित संघीय संसद भवनमा ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ।


आजको बैठकबाट सांसदहरूले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यको सुरुवाती हुनेछ । जसअनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।


गत असार ८ गतेको बैठकमा विनियोजन विधेयक अन्तर्गत आजको प्रतिनिधि सभा बैठकमा संस्कृति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका जस्ता विभिन्न शीर्षकहरूमाथिको छलफल सकिएको थियो । 

कमेन्ट गर्नुहोस्