लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रास्वपाको तिलोत्तमा वडा न ८ स्तरिय भेला तथा अधिबेशन सम्पन्न

tillotmacitynews - 2023 Jun 18 09:24 AM
IMG

तिलोत्तमा सिटी । असार ३ गते । राष्टिय स्वतन्त्र पाटी तिलोत्तमा वडा कमिटिको ८ नम्बर स्तरिय वडा भेला तथा अधिबेशन शनिबार तिलोत्तमा ८ चार नम्बरमा सम्पन्न भएको छ ।  पार्टीका  तदर्थ समिति संयोजक रमाकान्त भुषालको अध्यक्षता एवं राष्टिय स्वतन्त्र पार्टीका  केन्द्रीय सहमहामन्त्री एव संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको अधिबेशनले रमाकान्त भुषाल  अध्यक्ष रहने गरि  ११ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।  जसको उपाध्यक्ष सीता न्यौपाने तिवारी रहनुभएको छ भने सचिवमा  प्रकाश तिवारी र सदस्यहरु प्रतीक पाण्डेय, बुद्धि सापकोटा, मिना सारु मगर, निशा मिजार, टेक वहादुर थापा, साबित्रा पाण्डेय, मोहन प्रसाद उपाध्याय, प्रेमनाथ ढकाल लगायत रहनुभएको छ ।  यसै गरि सोहि अवसरमा ३ सदस्यीय निवाचन मण्डल समेत चयन गरिएको छ जसको संयोजकमा गोपाल भण्डारी रहनु भएको छ भने सदस्यद्वयमा डिल्लिराज पैनी र  प्रतिभा श्रेष्ठ चयन हुनुभएको छ । उक्त कार्यक्रममा प्रकाश ज्ञवाली, हिमेश पन्त, नरेश पछाई, खडान्नद पौडेल, रुकमागत भारती, डिल्लीराज पैनी, रेवती ज्ञवालीले लगायतले मन्तव्य राख्नु भएको थियो भने यमुना खरेल पराजुलीले स्वागत र  कृष्ण  तिवारीले कार्यक्रमको संचालन गर्नुभएको थियो । 

कमेन्ट गर्नुहोस्