लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवघाट आएका भारतीय तिर्थ यात्रीको डुबेर मृत्यु

tillotmacitynews - 2023 Jun 17 12:00 AM
IMG

तिलोत्तमा / असार २ । तीर्थ यात्राका लागि देवघाट आएका एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको शव दिउँसो १ः२५ बजे नदिको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भए । उनीहरु देवघाटमा स्नान गरेर पशुपती दर्शनको लागि काठमान्डौ जाने तयारीमा थिए ।

कमेन्ट गर्नुहोस्