लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुडामणि शर्मा सहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

tillotmacitynews - 2023 Jun 02 04:54 AM
IMG
तिलोत्तमा / जेठ १९ । विशेष अदालतले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ।


श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूलाई राजश्व चुहावटमा दोषी ठहर गरेको हो। अदालतले शर्मालाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ।


विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले भने, 'सोही मुद्दाका २ अभियुक्तलाई जरिवाना तोकिएको छ भने पाँच अभियुक्तले सफाइ पाएका छन् ।'


२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फछ्र्योट आयोग गठन गरेका  थिए। चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा महालेखा परीक्षकको कार्यालयमा लामो समय काम गरेका चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए।


कर फर्छ्योट आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको महालेखाको निष्कर्ष थियो । आयोगबाट ३० अर्ब ५२ करोड रुपैयाँ फर्स्यौट ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो । आयोगमा १ हजार ७ सय २६ वटा निवेदन परेकामध्ये १ हजार ६९ वटा निवेदनमाथि कारबाही गरी सम्झौता भएको थियो । ४० अर्ब ८३ करोड रुपैयाँको बक्यौतामाथि निवेदन परेकामा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा आएको थियो । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशत मात्रै आम्दानी भएको थियो ।

कमेन्ट गर्नुहोस्