लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी उपाध्यक्षसहित २० सदस्यीय टोली चीन भ्रमणमा

tillotmacitynews - 2023 May 19 03:17 PM
IMG

         तिलोत्तमा सिटी / जेठ ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरूको टोली शुक्रबार चीन भ्रमणमा जाँदैछ। पार्टी उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि चीनको छेन्दु प्रस्थान गर्न लागेको हो।


प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ ।


सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्