लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आइतबारसम्म प्रदेश सरकार बिस्तार हुन्छ : प्रवक्ता सन्तोषकुमार पाण्डेय

IMG

तिलोत्तमा २०८० जेठ ५।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले ढिलोमा आइतबारसम्म प्रदेश सरकार बिस्तार हुने बताएका छन् ।जनमत संचार केन्द्र नेपालद्धारा बिहिबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता पाण्डेयले ढिलोमा आइतबारसम्म प्रदेश सरकार बिस्तार हुने बताएका हुन् ।गठवन्धनको सरकार भएकाले सबैलाई मिलाएर जानू पर्ने भएकाले सरकार बिस्तारमा ढिलाइ भएको भन्दै उनले शुक्रबारसम्म मन्त्रालयको बाडफाड टुंगिने र आइतबारसम्म सरकार बिस्तार हुने बताए ।


उनले नेपाली कांग्रेसले ३, माओवादीले ३ र अन्य दलहरुले १-१ मन्त्रालय लिने सहमती भइसकेको बताए । सरकार विस्तारसँगै प्रदेश सभाको बर्षे अधिवेशन आह्वानका प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी भैरहेको पनि उनले जानकारी गराए ।उनले एक मन्त्रालय थप गर्ने बिषयमा छलफल भैरहेको बताए ।सरकार बिस्तारपछि संघीयताको औचित्य पुष्टि गर्नेगरी काम गर्ने दाबी गरे ।केन्द्रीय नेतृत्वमा रहेको केन्द्रीकृत मानसीकता अझै हटिनसकेको बताउदै प्रवक्ता पाण्डेयले संघीयता कार्यान्वयनका लागि संघीय सरकारसँग निर्णायक बार्ता गर्ने बताए ।संघीयता कार्यान्वयन नहुँदा जनताले संघीयताको अनुभुती गर्न नपाएको बताउदै उनले सरकार बिस्तारसँगै संघीयता कार्यान्वयनका लागि लबिङ गर्ने बताए ।

कमेन्ट गर्नुहोस्