लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टिकापुर काण्ड - "रेशमले न्याय नपाए देशमा आगो बाल्छौ : ऋषि धमलाकी श्रीमती एलिजा गौतम"

tillotmacitynews - 2023 May 17 10:20 PM
IMG

              तिलोत्तमा सिटी काठमाडौं / जेठ ३ । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले आफूलाई नेतृको रुपमा स्थापित गर्न धम्कीपूर्ण भाषाको प्रयोग गर्न थालेकी छन् ।


गत वर्ष नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनलाई रेशम कि पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गरेकी हुन । मोडल गौतमलाई पार्टी प्रबेश गराउन रुपन्देहीको भैरहवामा एक कार्यक्रम आयोजना पनि भएको थियो ।


उनले पार्टीका संरक्षक रेशम चौधरीलाई मंगलबार सर्वोच्च अदालतले उच्च अदालत, दिपालयले गरेको जन्मकैदको फैसलालाई नै सदर गरेपछि अदालतप्रति लक्षित गर्दै धम्कीपूर्ण भाषा बोलेकी छन् ।


‘१० वर्ष भयो । अब न्याय पाइन्छ भन्ने विश्वास थियो । तर, पाएनौं । अब हामी चुप लागेर बस्दैनौं । अब हामी सडकमा उत्रिएर न्याय माग्छौं । उहाँ (रेशम चौधरी) नछुटेसम्म हामी आन्दोलन गरि राख्छौं । देशव्यापी आन्दोलन हुन्छ । यदि रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ,’ उनले धम्की दिइन् । अब रेशम चौधरीको रिहाइमा जुनसुकै खालको आदोलन हुने एलिजाको भनाई छ ।


रेशम चौधरी छुट्ने विश्वासमा आफूले फूलमाला लिएर आएको तर अदालतले गलत निर्णय गरेको भन्दै उनले अब नसहने चेतावनी दिइन् । ‘उहाँले न्याय पाउनु पर्थ्यो । निर्दोष व्यक्ति थुनामा हुनुहुन्छ । आज राम्रो समाचार आउँछ भनेर हामी फूलमाला लिएर आएका थियौं । तर, एकदमै गलत निर्णय भयो । एउटा निर्दोष व्यक्ति फसेको ९/१० वर्ष भयो । अब कति सहने ?,’ उनले भनिन् ।


रेशम चौधरीलाई नछुटाउन अन्तर्राष्ट्रिय रुपमा नै राजनीति भएको समेत एलिजाको दाबी छ । उनले सञ्चारकर्मीसँगको कुराकानीमा रेशम चौधरी निर्दोष रहेको मात्र रटान लगाइरहेकी थिइन् । मानौं, अदालत नै उनी हुन् । र, दोषी को र निर्दोष को भनेर फैसला गर्ने अधिकार उनलाई मात्र छ । 

कमेन्ट गर्नुहोस्