लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

tillotmacitynews - 2023 May 16 05:24 PM
IMG

         तिलोत्तमा सिटी / जेष्ठ २ काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।


आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ ।


सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा सञ्चिति नोक्सान देखाउँदै निगमले मूल्य समायोजन गरेको छैन । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्