लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्टिय युवा संघ तिलोत्तमाले गर्यो स्थापना दिवसको अवसरमा दिप प्रज्ज्वलन

IMG

तिलोत्तमा, जेष्ठ १ गते । राष्टिय युवा संघ तिलाेत्तमा नगर कमिटिले राष्टिय युवा नेपालकाे ३४औ स्थापना दिवसकाे अवसरमा तिलोत्तमा नगरपालिकाको मणिग्राम चाेकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। संघका नगर अध्यक्ष सुुवास खत्रि क्षेत्रीकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा प्रामुख अतिथिको रुपमा नेकपा एमाले जिल्ला कमिटि सचिव कमरेड यज्ञ गैरे रहनु भएको थियाे।


युवा संघको भूमिका देशमै उच्च रहेको बताउदै बदलिँदो राजनीतिक वृत्तमा अब युवा उदाउनुपर्ने बताउदै गैरेले युवा संघ मार्फत बिकास र समृद्धिको बिगुल फुक्न सबै युवा एकजुट हुनुपर्ने बताउनुभयो। सो युवा संघ प्रति एक आपसमा शुभकामना आदानप्रदान गर्दै नेकपा एमाले तिलाेत्तमा नगर कमिटि उपाध्यक्ष नेत्र बन, राष्ट्रिय युवासंघका प्रदेस कमिटि सदस्य ईश्वर न्याैपाने, राष्टिय युवा सङ्घ जिल्ला सदस्य बिकास गुरुङ, सुरेस थापा लगायत नगर कमिटिका पदाधिकारि सहित थुप्रै सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे। दिप प्रज्ज्वलन कार्यक्रमको संघका सचिव सतिस सापकाेटाले गर्नुभएकाे थियाे। 



कमेन्ट गर्नुहोस्