
तिलोत्तमा, जेष्ठ १ गते । लियो क्लब अफ भलवारी युथको लायन बर्ष बर्ष २०२३/२४ को अध्यक्षमा लियो सागर पाण्डे चयन भएका छन। शनिबार बसेको पदाधिकारी सहितको बैठकबाट पाण्डे निर्विरोध निर्वाचित भएका हुन।त्यसै गरि क्लबको प्रथम उपाध्यक्षमा लियो आकर्षक बस्याल निर्वाचित भएका छन्। लियो पदाधिकारीहरु सहित, लायन्स पदाधिकारीहरुको पनि सहभागिता रहेको सो कार्यक्रममा क्लबले गरेको सामाजिक कार्यहरुको बारेमा चर्चा गरिएको थियो।
निवर्तमान अध्यक्ष लियो युवराज भट्टराईको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सन्चालन क्लबका सचिव आकर्षक बस्यालले गरेका थिए। क्लबले आगामी बर्ष २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको हो।“नेतृत्व संगै समाज बिकास गर्ने अठोट लिएर हिडेको सो लियो क्लबले स्थापनाको छोटो समयमै निकै नै गौरबशाली काम गरेको र आगामी कार्यकालमा अझैँ उत्कृष्ट काम गर्नेमा बिस्वस्त रहेको।”नवनिर्वाचित अध्यक्ष सागर पाण्डेले बताएका छन्।
कमेन्ट गर्नुहोस्