लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सांसद गौतम १५ सुत्रीय मागसहित आमरण अनशनमा

tillotmacitynews - 2023 May 14 06:34 AM
IMG

         तिलोत्तमा सिटी / वैशाख ३१ । प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतम १५ सुत्रीय माग राख्दै शनिबार बेलुकीबाट आमरण अनशनमा बसेका छन् । 



बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण संगै भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायत मागसहित उनी अनशन बसेका हुन् । सदनमा कयौं पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भई आमरण अनशनमा बस्नुपरेको उनले बताए ।



पुल भासिएको ६ वर्ष बितिसक्दा पनि निर्माण गर्न सरकार पछि हटेको छ,’ उनले भने, ‘पुल नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकाका करिब १ लाख बासिन्दा प्रभावित भएका छन् ।' उनले आफू जनप्रतिनिधि भएकोले पुल निर्माणलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय पूरा नभएसम्म अनशन जारी राख्ने बताए ।



०७४ साल साउन २८ गते बाढीले भासिएको थियो । पप्पु कन्स्ट्रसनले निर्माण गरेको पुल ०७९ साल असोज २० गते आएको बाढीले बगाएको थियो । पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग जोड्ने गुलरिया—रम्मापुर सडक खण्डमा सवारी साधन आउजाउ बन्द छ । बबई नदीस्थित जब्दीघाट पुल बारबर्दियामा सांसद गौतम र प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी आमरण अनशनमा बसेका छन् ।

कमेन्ट गर्नुहोस्