लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपाको नाराबाजी, १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित

tillotmacitynews - 2023 May 10 12:19 PM
IMG

         तिलोत्तमा  सिटी / वैशाख २७ काठमाडौँ । १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।


बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए । तर सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए ।


सभामुखले शून्य समयमा बोल्ने पालो दिएपछि राप्रपाका सांसदहरू रोस्ट्रम अगाडि पुगेर नाराबाजी गर्न थालेका छन् । उनीहरूले लोकतन्त्र आएपछि भ्रष्टाचार मौलाएको र त्यस्ता नेताहरूलाई जेल हाल्नुपर्ने माग गरेका थिए ।

कमेन्ट गर्नुहोस्