लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पाको रामपुरमा आगलागीबाट चार घर नष्ट, दुईजना घाइते

tillotmacitynews - 2023 May 10 11:41 AM
IMG

             तिलोत्तमा सिटी / वैशाख २। पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ। मङ्गगलबार दिउँसो करिब ३ बजे गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको हो ।


 आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उहाँकी बुहारी लक्ष्मी साठीघरे घाइते भएका छन् । घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन् । सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् ।


घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । स्थानीय, प्रहरी र नेपाली सेनाको टोली    आगलागी नियन्त्रण गर्न जुटेका थिए ।


रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पीडित परिवारलाई नगरपालिका कार्यालयबाट सहयोग गर्ने बताए ।

कमेन्ट गर्नुहोस्