लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डिभीको रिजल्ट आज राती आउने

IMG

                  तिलोत्तमा सिटी, वैशाख २३ ।  अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को रिजल्ट आज राती आउँदै छ। अमेरिकी प्रकाशनका अनुसार , मे २६ अर्थात आज वैशाख २३ गते राती ९:४५ मा रिजल्ट आउने भएको हो। 



डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ।  



डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका https://dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ। छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन।



डिभीमा नाम छनोट भएका व्यक्तिहरू सबैको भिसा लाग्ने छैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुन बमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन्।        

कमेन्ट गर्नुहोस्