लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आइतबार बाट सुरु हुँदै , बजेट अधिवेशन

IMG


                         तिलोत्तमा सिटी , वैशाख  २३  ।  संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ ।


प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।


मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।


आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्