लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पेम्बा लामाको 'बैमानी' सार्वजनिक

tillotmacitynews - 2023 May 03 10:30 PM
IMG

तिलोत्तमा, वैशाख २० गते । नवोदित गायक पेम्वा लामाको आवाजमा नयाँ गीत 'बैमानी´ श्रोता दर्शकमाझ बुधबार सार्वजनिक भएको छ।उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। 


कलाकारको अभिनय संगै भिडियो मेकिङ्ग दमदार रहेको सो गीतमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी पुष्प खड्का र कविता नेपालीको मुख्य भूमिकामा लोभलाग्दो अभिनय रहेको छ।  भिडियोमा संचारकर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । लोक पप शैलिको सो गीत पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानिमा निर्माण भएको हो।उक्त भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ ।




कमेन्ट गर्नुहोस्