
तिलोत्तमा सिटी । बेशाष १२ गते । तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।
तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो । गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो । यसैबीच चितवन क्षेत्र–२ मा सम्पन्न उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ भन्दा करीव ३६ हजार मतले अगाडी छन । जित नारायण श्रेष्ठले ७६९५ मत प्राप्त गर्नुभएको छ । यस्तै बारमा जसोपा का उपेन्द्र यादबले १०३२७ मत ल्याउदा जनमत पार्टीका शिब चन्द्र कुस्वाहले ६८१२ मत प्राप्त गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्