लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उपनिर्वाचनमा ६० प्रतिशत मतदान : निर्वाचन आयोग

IMG

तिलोत्तामा सिटी ।  बैशाख १० गते ।  प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ । ४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए । सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु हुनेछ । आयोगका अनुसार बारा–२ का सबै मतपेटिका साँझ ८ बजेभित्र कलैयामा, चितवन २ का सबै मतपेटिका राति १० बजेभित्र भरतपुरमा र तनहुँ–१ का सबै मतपेटिका राति ११ बजेभित्र दमौलीमा ढुवानी भइसक्ने जानकारी दिएको छ ।



कमेन्ट गर्नुहोस्