लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट आज थप एकजनाको मृत्यु / ७८ जना संक्रमित थपिए

tillotmacitynews - 2023 Apr 22 04:33 PM
IMG

 तिलोत्तमा सिटी । बैशाख ९ गते ।  कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १४८ जनाको नमूना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५० जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८३ जना पुगेको छ । 


कमेन्ट गर्नुहोस्