लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कडा कदम नचालेको भए पुस्तक अझै पुग्थेन : प्रधानमन्त्री प्रचण्ड

tillotmacitynews - 2023 Apr 20 11:18 PM
IMG

तिलोत्तमा,२०८० बैशाख ७। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हस्तक्षेप गरेका कारण यसपटक विकट ठाउँमा पनि समयमै पाठ्यपुस्तक पुगेको बताएका छन् ।बुधबार तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हरेक दिन केही न केही राम्रा काम सुरु भइरहेको दाबी गरे ।‘१० वर्षदेखि स्कुलमा पाठ्यपुस्तक नपुग्ने कुरालाई मैले आफैंले हस्तक्षेप गरेर अहिले सबैभन्दा पहिला विकट भन्दा विकट पहाडी जिल्लामा पनि पुस्तक पुगेको छ,’ प्रधानमन्त्रीले भने ।


प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेटमा जनताको निराशा चिर्ने गरी कार्यक्रम आउने समेत दाबी गरे । ‘अब नीति कार्यक्रम तथा बजेट आउँदा यो देशको जुन बेथिती, अराजकता र असन्तुष्टि छ, त्यसलाई सम्बोधन गर्ने गरी सुशासन र समृद्धिको नयाँ यात्रा सुरु गर्ने उद्देश्यका साथ हामी प्रस्तुत हुने छौं’, उनले भने ।अर्थतन्त्रमा पनि विस्तारै सुधार आइरहेको दाबी उनको छ । विदेशी मुद्रा सञ्चिती बढेको, चोरी पैठारी नियन्त्रण गरिएको र राजश्व पनि बढ्न थालेको प्रचण्डको भनाइ छ ।

कमेन्ट गर्नुहोस्