लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली कांग्रेस तिलोत्तमा-८ को वडा क्रियाशील कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान

IMG

तिलोत्तमा,२०८० बैशाख ६। नेपाली काँग्रेस तिलोत्तलमा-८ को वडा क्रियाशील कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ। वडाका कांग्रेस अध्यक्ष केशबराज अर्यालको सभापतित्व नेपाल काँग्रेसका केन्द्रिय सदस्य गंगा शाहिको प्रमुख अतिथ्यता तथा जिल्ला सभापति रामकृष्ण खाणको बिशिष्ट आतिथ्यतामा सम्पन्न सो भेलामा नयाँ बर्ष २०८०को शुभकामना आदानप्रदान तथा क्रियाशील सदस्यहरुलाई बिशेष सम्मान तथा पुष्पगुच्छा सहित आभार प्रकट गरिएको थियो।  


सो अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य गंगा शाहीले पार्टी सुदृढिकरण गर्दै आम सरोकारको बिषयमा चनाखो हुनुपर्ने बताईन। उनले क्रियाशील सदस्यलाई इंगित गर्दै पार्टीको सबै हिस्सा र प्रतिष्ठा जोगाइराख्न सबैले मिलेर अघि बढ्नुपर्ने बताईन। सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर समेत रहेका नेपाली कांग्रेसका जिल्ला सभापती रामकृष्ण खाणले तिलोत्तमा नगरमा पार्टीको सक्रियता र जिम्मेवारीले पार्टीलाई यहाँ सम्म ल्याएको बताए।  नयाँ बर्षमा झनै उत्साह सहित एकजुट भएर मिलेर अघि बढ्न शुभकामना दिदै उनले पार्टीको साख बचाउन आफु लगायत सबै कांग्रेसशक्तिको सल्लाहमा अघि बढ्ने प्रतिबद्धता व्यक्त समेत गरे। 


कार्यक्रममा जिल्ला सचिव हरि काफ्ले, प्रदेश कमिटीका सभापति मदन पोख्रेल , तिलोत्तमा नगरका सभापति हरिलाल पाण्डे,रामजानकि टोल बिकाससंस्थाका अध्यक्ष रमेश राज शर्मा,नेपाली काँग्रेस ज्योति शान्ति टोल कार्यसमितीका सभापति तुल्सीराम भण्डारी लगायतले  शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य सचिव मोहनराज शर्मा,प्रदेश कमिटीका सभापति नबिनराज आचार्य, जिल्ला सदस्य राजकुमार वाग्ले, प्रदेस प्रतिनिधी बिदुर पाण्डेय,गगांराम पाण्डेय लगायत क्षेत्रिय प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो।  


शुभकामना आदानप्रदान गर्दै शुरु गरिएको सो कार्यक्रममा क्रियाशील रही पार्टीका लागि योगदान गरेबापत पुर्व बुथ सभापति फत्त बहादुर शेन,हरिप्रसाद ज्ञवाली,हेमलाल ढकाललाइ दोशल्ला ओढाई सम्मान गररिएको थियो। एकनारायण पाण्डेयको स्वागतमा शुरु सो कार्यक्रमको संचालन चन्द्रमणि अर्यालले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्