
तिलोत्तमा,२०८० बैशाख ४। जापान गोजु रियो करांते डो मिसन संघ नेपालको आयोजनामा यहि २०८० बैशाख १५ र १६ गते अन्तराष्ट्रिय स्तरको करांते प्रतियोगिता हुने भएको छ। तिलोत्तमाको गाउँले ससुराली रिसोर्टमा आयोजना हुने सो कार्यक्रमको पुर्ण तयारी भैरहेको संस्थाका अध्यक्ष तथा फ़ाऊण्डर के बी राना (काजी)ले बताउनुभयो।
एम जी के सेकेन्ड इण्टरनेशनल करांते च्याम्पियनशिपको लागी इण्डिया , बंगलादेश, भुटान र नेपालका गरी ३ सय जना सहभागी हुने आयोजकका तर्फ बाट अध्यक्ष तथा फ़ाऊण्डर के बी राना (काजी)ले बताउनुभयो। उनले यस्तो खालको प्रतियोगिता यस क्षेत्रमै पहिलो र गरिमा बोकेको हुनाले सबै सहयोगीहरुमा सहयोगका लागि अपिल समेत गरेका छन्।
कमेन्ट गर्नुहोस्