लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाबरको शतकिय पारीले न्युजिल्यान्डसँगको टी–२० शृङ्खलामा पाकिस्तानको लगातार दोस्रो जित

IMG

तिलोत्तमा सिटी  । बैशाष ३ गते । न्युजिल्यान्डसँगको टी–२० शृङ्खलामा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको दोस्रो टी–२० खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ३८ रनले हरायो । जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा पाकिस्तान ८८ रनले विजयी भएको थियो । लाहोरमा जितका लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन मात्रै बनायो ।



न्युजिल्यान्डका मार्क च्यापम्यान सर्वाधिक ६५ रनमा अविजित रहे पनि अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शादब खान, इमाद वासिम र जमान खानले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजम १ सय १ रनमा अविजित रहे । बाबरको यो टी–२० मा तेस्रो शतक हो । अर्का खेलाडी मोहम्मद रिजवानले ५० रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिए । नसिम शाह र रचिन रविन्द्रले समान एक विकेट लिए । अब तेस्रो खेल भोलि सोमवार, चौथो खेल बिहीवार र पाँचौँ खेल भोलि  सोमवार हुनेछ ।



कमेन्ट गर्नुहोस्