लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलम्पिक छनोट : नेपाल र भियतनाम भिड्दै

IMG

तिलोत्तमा सिटी । चैत्र २५ गते । अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ । नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ ले पराजित गरेको थियो । शनिबार हुने खेलमा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । भियतनाम भने नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ । नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ । तर, भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन । समूह सी मा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका हुन् । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।


कमेन्ट गर्नुहोस्