लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएल क्रिकेटमा गुजरातको लगातार दोस्रो जित, दिल्ली ६ विकेटले पराजित

IMG

तिलोत्तमा सिटी । चैत्र २२ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गए राति दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो । दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । गुजरातका साई शुदर्शनले ६२, डेभिड मिलरले ३१ र विजय शंकरले २९ रन बनाए । दिल्लीका एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका कप्तान डेभिड वार्नरले ३७ र अक्षर पटेलले ३६ रन बनाए । गुजरातका मोहम्मद शमी र राशिद खानले ३/३ तथा अल्जारी जोशेफले २ विकेट लिए । लगातार दोस्रो जितसहित गुजरात ४ अङ्कका साथ तालिकाकाे शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो खेल हारेको दिल्ली अङ्कविहीन हुँदै आठौँ स्थानमा छ ।


कमेन्ट गर्नुहोस्