लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समृद्धिले गर्यो नाई तथा अग्रज ब्युटिसियनलाई सम्मान

IMG

तिलोत्तमा,२०७९ चैत्र २१। तिलोत्तमाको मणिग्राममा शाखा तथा बुटवल-६ अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेर कपाल, छाला, मेकअप र नङ आर्टको क्षेत्रमा काम गर्दै आएको समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीले एकेडेमीमा तालिम लिएका ४० जना बिद्यार्थीहरुलाई दिक्षित गरेको छ। सोमबार बुटवलमा प्रमाणपत्र बितरण कार्यक्रम २०२३ कार्यक्रमको आयोजना गर्दै तालिम पूरा गरि सफल कर्मचारी र सफल ब्यवसायी बन्न सक्ने विद्यार्थीहरुलाई सम्मान गरेको समृद्धिका अनिल अर्यालले बताए। एकेडेमीले बुटवल क्षेत्रका पुराना नाई एव नाई संघका पुर्व अध्यक्ष चुन्निलाल ठाकुर र बुटवलका अग्रज ब्युटिसियन कलावती उपाध्यायलाई सम्मान समेत गरिएको थियो।कार्यक्रम मोहन ठाकुरको अध्यक्षता, अनिल कुमार अर्यालको स्वागत तथा संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको थियो।




कमेन्ट गर्नुहोस्