लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१६ जुडामा नवसोच पबित्र सामुहिक भवनको उद्घाटन

IMG

तिलोत्तमा,२०७९ फागुन २७। तिलोत्तमा १६ जुडामा अवस्थित नवसोच पबित्र सामुहिक भवनको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । करीब ४० लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको २ तले बहुउद्देशीय भवनको तिलोत्तमाका मेयर रामकृष्ण खाडले उद्घाटन गर्नुभएको हो ।भवनको उद्घाटन गर्दै मेयर खाडले, सामाजिक सेवामा क्रियाशील क्लब, आमा समुह एवं क्लव र आमासमुहमा आबद्घ पदाधिकारीहरुलाई धन्यबाद र बधाई ज्ञापन गर्नुभयो । नगरपालिकाले चैत्र १ गते सरसफाईको १०० औ श्रृखला मनाउने तयारी गरिरहदा यो पवित्र कार्यमा सबैको साथ र सहभागिताअनिवार्य रहेको प्रष्ट्याउनुभयो ।


भवन ब्यवस्थापन समितिका अध्यक्ष यादव पराजुलीको अध्यक्षता एवं तिलोत्तमा नगरपालिकाका अध्षक्ष रामकृष्ण  खाँडको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य ऋषिराम बस्याल, अतिथिहरू तिलोत्तमा वडा न. १६ का अध्यक्ष झबिलाल भूषाल, सहकारीको तर्फबाट  कृष्ण प्र नेपाल, नेपाल उद्योग बाणिज्य संघ रूपन्देहीका उपाध्यक्ष कुल प्रसाद न्यौपाने, नवसोच क्लवका अध्यक्ष मुक्ति बस्याल, पवित्र आमा समुहका अध्यक्ष कमला भण्डारी,  क्लवका संरक्षक एवं अन्नपूर्णएग्रो ईष्ड्ष्ट्रिज प्रालिका संचालक बम बहादुर गुरूगं, धातानन्द कडेल, माउण्ट एभरेष्ट कत्था मिल्स प्रालिका प्रबन्ध निर्देशक बसन्त रोक्का क्षेत्री, साना किसान सहकारी संथा लि रूपन्देहीका अध्यक्ष ईन्दिरा तामागं, समाजसेवी दधिराम सुवेदी, केशव चौधरी पशुपति कलेज कोटिहवाका ब्यवस्थापन समिति अध्यक्ष तामबहादुर सरागंकोटी, नेपाली क्रिकेटका अन्तराष्ट्रीय अम्पायर एवं समाजसेवी रामचन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रम संयोजक एवं नवसोच क्लवका कोषाध्यक्ष  पुरूषोत्तम सुवेदीको स्वागत रहेको कार्यक्रमको संचालन भवन ब्यवस्थापन समितिका सचिव बिष्णु प्रसाद भण्डारीले गर्नुभएको थियो । करीब १ कठ्टा क्षेत्रफलमा निर्माण सम्पन्न भएको भवन निर्माणका लागी तिलोत्तमा नगरपालिकाकाले साढे १२ लाख सहयोग गरेको थियो भने अन्य रकम विभिन्न दाता, क्लव एवं आमा समुहले जोहो गरेका थिए ।




कमेन्ट गर्नुहोस्