लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिठ्ठामा पावर बैक पर्छ भनि प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ जना भारतिय नागरिक पक्राउ

tillotmacitynews - 2023 Mar 04 10:59 PM
IMG

तिलोत्तमा, २० फागुन २०७९। चिठ्ठाको नाममा पावर वैँक पर्यो भनी पावर बैकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतिय मुलका नागरिकहरु रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन । यही फागुन १४ गते दिउँसो रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न-१० सालझण्डी झिमझीमे स्थितमा भारतिय नम्बरको मोटरसाईकल अगाडी पछाडी प्रेस लेखेको UP 55 AF 1519 नम्बरको हिरो  स्पेलेन्डर मोटरसाईकलमा आएका दुईजना मानिसहरुले नेपाली रु ५० को चिठ्ठा काटेमा केही कपडा र MI कम्पनीको  मोवाईलको ओर्जिनल पावर बैक पर्ने भनी मानिसहरुलाई झुक्यानमा पारी रु ५० को चिठ्ठा स्क्र्याच गर्दा सवैमा पावर बैक पर्ने पहिले नै सेट गरिएको कुपनहरु बिक्री गरी, उक्त पावर वैक परे पछी पुन नेपाली रु १२०० रुपैया दिनु पर्ने र सो पावर बैकको बजार मुल्य ३२०० पर्ने र हाल यसमा चार्ज नभएकोले घरमा लगी ४ र५ घण्टा चार्ज गरेपछी मात्र काम गर्छ भनी मानिसहरुलाई झुक्यानमा पारी ठगी गरीरहेको अवस्थामा फेला पारी चेकजाच गर्दा स्क्रयाच कुपन थान ७९ र MI 20000 mh लेखेको पलाष्टिकको बट्टा पावर वैक थान ६  समेत फेला परेका, उक्त पावर बैक खोली भित्र हेर्दा केहि ओसिलो माटो भरेको तथा साधारण खालका पुराना मोबाईलका ब्याट्री जोडेको अवस्थामा फेला परेकोले तिनीहरुलाई तत्काल पक्राउ गरी  ठगी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत रुपन्देहीवाट म्याद थप  गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भारतको सिदार्थनगर जिल्ला चन्दनताय गाउ बस्ने २८ बर्षीय विवेक कुमार भट्ट  र सोही ठाउँ बस्ने २५ बर्षीय सर्वेश कुमार भट्टरहेका छन्।  उनीहरुबाट पलाष्टिकको बट्टा माटो सहितको  ६ वटा पावर वैक, ६ थान डाटा केवल,साडी, कुर्ता, सर्ट पाईन्टको कपडा १/१ थान,स्क्रयाच कुपन ७९ वटा,साथमा नगद ३ हजार ४ सय २० रुपैया, र १ थान स्पेलेन्डर मोटरसाईकल प्रहरीले बरामद घरेको छ। 

कमेन्ट गर्नुहोस्