
तिलोत्तमा,२०७९ फाल्गुण ७ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति आफ्नो पार्टीबाट बन्ने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस सुर्खेतले आज आइतवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।
’महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वाभाविक रहेको बताउनुभयो ।पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उहाँले त्यसमा कसले के कति गल्ती गर्यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताउनुभयो । अबको केही दिनमा पुरानै गठबन्धन बिउँतिने उहाँको भनाइ थियो।
कमेन्ट गर्नुहोस्