
तिलोत्तमा,२०७९ फाल्गुण १ गते। नेकपा माओवादी केन्द्रले तिलोत्तमामा जनयुद्ध दिवस मनाएको छ। नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगर अध्यक्षको अध्यक्षतामा तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राम चोकमा २८ औँ जनयुद्ध दिवस मनाइएको हो। अध्यक्ष बेल प्रसाद शर्माले महान जनयुद्धको कारण देशमा संघीयता तथा गणतन्त्र आएको र आम नागरिकमा चेतनाले महान छलाङ मारेको स्पष्ट पारेका छन्।उहाँले हालको आफ्नै सरकारले आजको फागुन १ गतेको दिनलाई एतिहासिक निर्णय गर्दै जनयुद्ध दिवस मनाउन प्रेरित गरेको प्रति धन्यबाद समेत ज्ञापन गर्नुभयो। जनयुद्धको मर्मलाई सरकारले बुझेर सबै जनताको आशाको केन्द्र भएकोमा खुसी व्यक्त गर्दै उहाँले यस दिवसलाई राष्ट्रिय एकता र स्वतन्त्रताको पक्षमा मनाउनु पर्नेमा जोड समेत दिनुभयो।
उहाँले नेकपा माओबादीकै मुद्धाले अहिलेको स्थानिय शासन तथा प्रदेश र संघिय शासन चलेको र जनताको हातमा शासन सत्ता आएको जिकिर गर्नुभयो। जनयुद्धमा घाइते, अपाङ्गता भएका र परिवार गुमाएका प्रति सहानुभुती दिदै उहाँले जनयुद्धकै कारण अहिलेको शासन व्यवस्था आएको र नेकापा माओबादीलाई जनताले गरेको ठुलो सहयोगको कदर गर्नु भयो। सो अवसरमा नेकपा माओबादी केन्द्र तिलोत्तमा नगर कमिटीक सचिव संस्कार अनिल, लक्ष्मण खनाल, युवा नेता डार्बिन थापा, तिलोत्तमा-५ का निर्वाचित सदस्य तथा युवा नेता डायमण्ड गिरि हिरा, शोभा भट्ट दाहाल,ज्ञानु पौडेल,तिलोत्तमा-६ का निर्वाचित सदस्य तथा युवा नेता संजय आचार्य, युवा नेता धन बहादुर राना,प्रेम जिएम , मित्रलाल न्यौपाने, लुधा देवी थापा लगायत दर्जनौ नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुले सहिदका नाममा मणिग्राम चोकमा जनयुद्ध दिवसको सम्झनामा दीपावली गरेका छन्।
कमेन्ट गर्नुहोस्