लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

IMG

तिलोत्तमा,२०७९ माघ २७ गते।  नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) को वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्ला निराधार भएको बताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न सबै साथीहरुबीच छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए । अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीहरुलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्ताव गर्ने, त्यसको लागि तयारी समिति बनाउने, सहमतिमा साथीहरु आउने भए तदर्थ समिति बन्छ । यदि तदर्थ समिति बनेपछि अहिले कमिटी विघटन हुन्छ तर अहिले नै कमिटी विघटन भन्ने गलत हो” गुरुङले भने ।


त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटी विघटन भएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएका छन् । उनले भने, “असन्तुष्ट साथीहरु समानान्तर गतिविधि छाडेर आउन तयार भए अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा आयोजक समिति बनाएर जानको लागि पार्टी केन्द्रीय कार्यलयले हामीलाई निर्देशन गरेको छ ।” पार्टीको निर्देशान पालना गर्दै समस्या समाधानका लागि संगठनको केन्द्रीय समिति तयार रहेको प्रवक्ता एमसीले बताए ।माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखा परेका समस्याको समाधानको गर्ने, सबैलाई एकठाउँमा ल्याएर आयोजक समिति बनाउने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो । अध्यक्ष पञ्चा सिंहको संयोजकत्वमा सम्मेलन आयोजक समिति बन्ने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने सम्मेलन गर्ने बताइएको छ । स्थायी समितिको परिपत्रमा अब समानान्तर गतिविधि गर्न नपाइने निर्णय गरिएको छ ।

कमेन्ट गर्नुहोस्