लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हात्ती चल्यो बजार,कुकुर भुके हजार, म अर्घाखांची आउदैछु,सक्छौ भने रोक : गायिका ज्योति मगर

IMG

तिलोत्तमा,२०७९ माघ २२ गते।  मोफसलबाट दोहोरी स्टेजमा गाउँदै अन्तरास्ट्रिय स्तरमा आफुलाई लोक प्याटर्नको आधुनिकतामा ढालेकी मोफसलकी लोक क्विन ज्योति मगरको चर्चा मनोरंजन जगतमा फेरी एकपटक दोहोरिएको छ। कला संस्कृतिको संरक्षणमा लागेकी गायिका ज्योतिले आफु बिरुद्ध लागेका संघ सस्थालाई मेलामा रोक्न चुनौती दिएकी छिन। चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर अर्घाखाँची महोत्सवमा यहि माघ २३ गते प्रस्तुति दिने कार्यक्रम पहिल्यै तय भएको हो।अर्घाखाँची जिल्लामा संचालन भइरहेको पाँचौ अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तुती दिन उर्लाबारीको कार्यक्रम सकेर ज्योती मगर अर्घाखाँची जाँदै छिन् । तर अर्घाखाँचीका लोकदोहोरी गित प्रतिष्ठान सहितका केही संघ संस्थाहरूले ज्योती मगरको प्रस्तुती संस्कृति र संस्कार बिपरित भएकाले बहिस्कार गर्ने भन्दै बिज्ञप्ती निकालेपछि गायिका मगरले सामाजिक संजालमा स्टाटस राख्दै आफू अर्घाखाँचीको बाटो तय गरेको र सके कार्यक्रममा जान रोकेर देखाउन चुनौती दिएकी छिन् ।


उनी लेख्छिन् : आज भोली खोलिएका धेरै जसो संघ संस्था हरु र सामाजिक अभियन्ताहरु सामाजिक मुल्य र मान्यतालाई जोगाउन होइन समाजसेवाको नाममा चन्दा उठाउन र सो कल्ड उम्मेदवार (सदस्य,अध्यक्ष,) बनी समाजमा आफूलाई होनहार ब्याक्तित्व देखाउनको लागि खोलिएको हुन्छ जस्को कुनै सामाजिक दायित्व हुदैनन, ब्यक्तिगत मनमानी ब्यक्तिगत रिसराग र ब्यक्तिगत आफुले पैसा कमाउने जस्तो कि “हाम्रो सस्थाले फलानोको किड्नी उपचार गर्दैछ” भन्दै पैसा उठाउने र आधाभन्दा धेरै मिलिजुली बाडी खाने हेतुले खोलिएको हुन्छन,अरु कच्चा चिठ्ठा त धेरै के खोल्नु यस्ता सो कल्ड संघ सस्थालाई त म बहिस्कार गर्छु त्यो पनि एक्लै… हिम्मत छ भने, मलाइ रोकेर देखाउनुस म भोलि अर्घाखाँचीमा आफ्नो प्रस्तुति दिदैछु… म ज्योती मगर र मेरो दायित्वदर्शक स्रोताको मनोरञ्जनको साथसाथै म जस्ता हजारौ युवतीहरु जो सामाजिक कुसंस्कारको शीकार भै आफ्नो ईच्छा आकन्क्षाबाट बन्चित छन उनीहरुलाइ मार्गदर्शन गर्नु पनि हो… म अहिले पुर्ब उर्लावारिबाट प्राइभेट कारमा चढी करिब १५ /१६ घन्टाको यात्रा तय गरि आउदै छु, अर्घाखाँचीमा… सक्छौ भनेर रोकेर देखाउनु… (हात्ती चल्यो बजार,कुकुर भुके हजार) 


केहि दिन अघि ज्योति मगरलाई महोत्सवमा प्रस्तुति राख्न नदिने भन्दै  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ताले विज्ञप्ति जारी गरेका थिए। 

कमेन्ट गर्नुहोस्