लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सभापतिमा पुनः रवि लामिछाने चयन

IMG

तिलोत्तमा,२०७९ माघ १५ गते। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेले नै पाएका छन् । रास्वपाको केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी रवि लामिछानेलाई नै दिने निर्णय गरेको हो । यसअघि आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको पुनः प्रमाणपत्र लिएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै लामिछाने उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापतिबाट स्वतः पदमुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्