लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रवि लामिछानेको सांसद पद खारेज,आन्दोलन गर्ने समर्थक पक्राउ

IMG

तिलोत्तमा,२०७९ माघ १३ गते। सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको ठहर गरेको छ। नागरिकतासम्बन्धी मुद्दामा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले शुक्रबार यस्तो ठहर गरेको हो। यससँगै उनको सांसद पद खारेज भएको छ।


रवि लामिछानेले अब नागरिकता कसरी लिने ? 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता गरीपाउँ भनी निवेदन दिएर नयाँ नागरिकता लिनुपर्ने बताए ।“अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जानुपर्छ,” उनले भने, “अहिले नागरिकता लिँदा विवरण पुरानै आउँछ तर जारी मितिमात्रै अहिले पछिल्लो आउँछ ।”


रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने पक्राउ

प्रहरीले रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नाराबाजी गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।अदालतको फैसलालगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए ।शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरे पनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ ।अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरी दिएपछि उनका समर्थकहरु आक्रोशित भएका थिए ।उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नाराबाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो । अदालतले लामिछानेले सांसद पद खारेज गरेको थियो ।

कमेन्ट गर्नुहोस्