
तिलोत्तमा,२०७९ माघ १३ गते। ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित रुपन्देहीको नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा आज विहिबार नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव सम्पन्न भएको छ ।वरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसँग छलफल कार्यक्रम गरेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले बताए ।साहित्य समाजको ऐना हो । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ।’ भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न भएको हो ।
‘नेपाली साहित्यमा आजका युवाको भूमिका’ विषयमा युवा साहित्यकार तथा लेखक रामचन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने र विद्यार्थी किरण भुसालद्वारा सहजीकरण गरिएको विद्यालयले जनाएको छ । छलफलको प्रारम्भ कक्षा ९ की आकृति कंडेलले गरेकी थिइन । त्यसैगरी लेखक कसरी बन्ने भन्ने शीर्षकमा स्वतन्त्र लेखक दीपक विश्वकर्मा एवं समाचार कसरी लेख्ने भन्ने बारेमा पत्रकार शंकर पाण्डे तथा बाल लेखिका श्रीयसी पन्थीले आ–आफ्ना धारणा राखेका थिए भने कृति पंगेनीले विषय वस्तुको उठान गरेकी थिईन ।
‘आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली’ शीर्षकमा साहित्यिक अभियान्ता मीनाक्षी न्यौपाने, शिक्षक राजेन्द्र कुँवर तथा विद्यार्थी प्रशान्त चौधरीले परिचर्चा गरेका थिए ।विषय वस्तुको उठान तमन्ना भण्डारीबाट भएको ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कंडेलले जानकारी दिए ।कार्यक्रमको सन्चालन सहायक प्राचार्य लिलामणी पाण्डे , विद्यार्थी गृष्मा बन्जाडे र अभिलाषा शेरचनले गरेका थिए ।
कमेन्ट गर्नुहोस्