लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

IMG

तिलोत्तमा,२०७९ माघ ६ गते। नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।उपचारमा संलग्न चिकित्सक पेट रोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।चिकित्सकले पुनलाई बेलाबेलामा फलोअप चेकअपमा आउन सुझाव दिएका छन् । पुनको कलेजोमा ८५ प्रतिशतसम्म समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । कलेजो प्रत्यारोपण नगरेमा विभिन्न स्वास्थ्य जटिलता देखिने डा. शर्माको भनाइ छ । 

कमेन्ट गर्नुहोस्