लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गलत काम गर्ने कोही उम्कन पाउँदैन : गृहमन्त्री लामिछाने

tillotmacitynews - 2023 Jan 19 10:41 PM
IMG

तिलोत्तमा,२०७९ माघ ५ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागिरहेको र आफूले देखेको पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने दाबी गरे ।


उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु, राज्यका निकायहरुलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउने छ । गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएको भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे ।

कमेन्ट गर्नुहोस्