लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तुलाराम घर्ति(बसन्त) : " कमाण्डर’देखि सभामुखसम्म"

IMG

तिलोत्तमा,२०७९ माघ ४ गते। लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध रुपमा निर्वाचित तुलाराम घर्ति(बसन्त) माओवादी जनयुद्धका कमाण्डर हुन् । २०२५ साल साउन ५ गते रोल्पाको रोल्पा नगरपािलका ३ मा जन्मिएका घर्ति २०४२ मा सपरिवार बसाइसराई गरी साविक कपिलबस्तुको शिवगढी हालको शिवराज नगरपालिका–९ मा बसाईसरी आएका थिए ।त्यसपछि २०६८ सालदेखि उनीको परिवार त्यँहाबाट पनि बसाइ सरेर अहिले पाल्पाको तिनाउ गाउँपालिका–३ मा बसोबास गर्दै आएका छन् । सानैदेखि राजनीतिमा रुचि राख्ने घर्ति २०४७ सालमा नेकपा मशासलबाट औपचारिक रुपमा राजनीति सुरु गरे । घर्ति २०४८ मा नेकपा मशालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव भए ।


२०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ति २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भए । २०५३ सालको माघमा भुमिगत बनेका घर्ति २०६२ सालसम्म भूमिगत अवस्थामा नै रहे ।२०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ति २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष भए ।


यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पापा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरे । साथै २०६२ मा जनआन्दोलन दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ति २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बनेका थिए ।२०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रिय महासचिब भएका घर्ति २०७० सालमा मगर संघको केन्द्रिय उपाध्यक्ष बने । २०७० सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बनेका घर्ती २०७४ साल प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २(ख) बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भए ।


घर्ती २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि केन्द्रिय सदस्य बनेका थिए । नेकपा विभाजन पछि घर्ति नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेत बन्ने अवसर पाए । यस्तै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ति पोलिटव्युरो सदस्यमा चयन भए । घर्ती पाल्पाका माओवादी इन्चार्ज समेत हुन् ।यस्तै २०७९ सालमा भएको प्रदेशसभाको निर्वाचनमा घर्ति पुनः पाल्पा २(ख) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचत भए । सत्तागठबन्धनको भागबन्डा अनुसार लुम्बिनी प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति भएको थियो । सभामुखमा माओवादीका तुलाराम घर्तिको उम्मेदवारी परेपछी उनी उनी निर्विरोध रुपमा निर्वाचित भए ।एसएलसीसम्म अध्ययन गरेका सभामुख घर्तिले राजनीतिमा लाग्नु भन्दा अघि घर्तिले केही समय अध्यापन समेत गराएका थिए ।

कमेन्ट गर्नुहोस्