
तिलोत्तमा,२०७९ माघ ४ गते। सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठानले पुर्व जनमुक्ति सेनालाई सहयोग गरेको छ। आइतबार एक कार्यक्रमबीच रुपन्देहीको सैनामैना नगरपालिका बस्ने पुर्व जनमुक्ति सेना शशि गुरुङलाई प्रतिष्ठानले सहयोग गरेको हो।स्मृति प्रतिष्ठानको तर्फबाट मृगौला पीडित गुरुङलाई १२ हजार पांच सय सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष तिर बहादुर रोका मगरले बताए। देशको राजनीतक व्यवस्था परिबर्तनका लागि लडेको योद्धा गुरुङलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको उनको भनाई छ।
शिक्षा र स्वास्थतर्फ बिगतका केहि वर्षदेखी सामाजिक कार्यसंगै सहिद परिवार, गरिब र असहाय ब्यक्तिहरुलाइ सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव मनिष कुमार जोशीले बताए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष नारायण बहादुर हमाल, कोषाध्यक्ष डम्बर बहादुर खत्री, सदस्य केशव कुवर, दिलिप कोहार र सुनिल कान्दुको पनि उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्