लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने

IMG

तिलोत्तमा २०७९ पौष २४ गते आईतबार।लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्ने भएको छ । सत्ता साझेदार दलहरु एमाले र माओवादी केन्द्रबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमति भएको छ ।


आज बसेको सत्ताारुढ दलहरुको वैठकमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेललाई दिने सहमति भएको एमाले निकट स्रोतले जनाएको छ। एमालेले सरकारको नेतृत्व पाउँदा लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुहुने छ  ।  गिरी संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ । सत्तारूढ दलहरुबीच आज साँझ बालुवाटारमा भएको छलफलमा अन्य ६ वटा प्रदेशको पनि बाँडफाँट भएको छ । जसमा गण्डकीमा पनि एमालेले सरकार बनाउने छ ।


वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्