लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साना किसान कृषि सहकारी संस्था शंकरनगरको अध्यक्षमा लक्ष्मी पौडेल

tillotmacitynews - 2022 Dec 23 10:32 PM
IMG

तिलोत्तमा ८ पुष २०७९।तिलाेत्तमा १ मा रहेकाे साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे २३ साधारणसभा तथा साताैँ अधिवेशनबाट लक्ष्मी पाैडेल पन्थीकाे नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएकाे छ । धनिकला पाण्डे उपाध्यक्ष र काेषाध्यक्ष कमला घिमिरेसँगै ९ सदस्यीय नयाँ नेतृत्व चयन भएकाे हाे । त्यसैगरी शान्ता केसीकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन भएकाे छ ।कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि कृषि सहकारी संघ रूपन्देही अध्यक्ष टीका न्याैपानेले सहकारीमार्फत आर्थिक क्रान्ति गर्दै देशलाई समृद्ध बनाउनु पर्ने बताएकि छन्। सहकारी विकास बाेर्ड सञ्चालक , प्रदेश सहकारी संघ सदस्य र जिल्ला सहकारी संघकाे सचिवसमेत रहेकी उनले महिला शशक्तिकरणका कारण हरेक क्षेत्रमा महिलाले अवसर पाएकाे बताउँदै उनले महिलाले आफ्नाे कर्तव्य भुल्न नहुने बताइन् ।


कार्यक्रममा तिलाेत्तमा नगरपालिका कृषि शाखा प्रमुख दाेमलाल भुसाल , सहकारी शाखा प्रमुख कृष्णप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा प्रमुख यशाेदा पाैडेल, साना किसान विकास लघु वित्त वित्तीय संस्था लिमिटेड बुटवलका इलाका प्रवन्धक गणेश प्रसाद भट्टराई, तिलाेत्तमा नगरपालिका वाड नम्बर-१ का अध्यक्ष फर्सुराम गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


त्यसैगरी सेयर सदस्यकाे तर्फबाट धनिकला पाण्डे, साना किसान कृषि सहकारी संस्था लिमिटेडको तर्फबाट झुपा न्याैपाने , महिला जनप्रतिनिधिकाे तर्फबाट वाड नम्बर ३ का सदस्य लक्ष्मी घिलेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष मञ्जु थापाले अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । लेखा समिति संयाेजक इश्वरा अर्यालले आन्तरिक लेखा परिक्षण प्रतिवेदन र संस्थाका मुख्य प्रवन्धक देवी गिरीले आर्थिक वर्ष २०७९/८० काे अनुमानित वजेट प्रस्तुत गरेकि थिइन् ।कार्यक्रममा संस्थाका १९ जना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरेकाे छ भने २०७९ काे कक्षा १२ काे परीक्षामा सामुदायिक विद्यालयतर्फ २ र संस्थागत विद्यालयतर्फ २ गरी उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छाेराछाेरी मध्येबाट उत्कृष्ट अंक ल्याउने चारजनालाई सम्मान गरिएकाेछ ।


त्यसैगरी धेरै कारेबारतर्फ तिनजना सेयर सदस्यलाई सम्मान गरेकाे छ । त्यस्तै संस्थामा समुहमा धेरै वचत गर्ने तिनवटा समुहलाई पनि सम्मान गरेकाे छ । संस्थाका अध्यक्ष मन्जु थापाकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष विष्णु देवी अर्यालले स्वागत गरेकि थिइन् ।

कमेन्ट गर्नुहोस्