
तिलोत्तमा, २०७९ मङ्सिर २१ गते । तिलोत्तमा उद्योग व्यापार संगठन रुपन्देहीको मुख्य आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श, तिलोत्तमा नगरपालिका र तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको सहआयोजनामा मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको बुधबार दर्शकको बाहुल्यता बढ्यो। महोत्सवमा बुधबार एकैदिन ३० हजार दर्शकले अवलोकन गरेको आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । दर्शकले सांस्कृतिक प्रस्तुति औधि मन पराएको र कलाकारहरुको प्रस्तुति र साँझमा हुने कन्सर्टमा युवा युवतीहरुको बाहुल्यता रहेको अध्यक्ष जी एम को भनाई छ।
उनले महोत्सवमा बढ्दै गएको भिडलाई देखेर आयोजक पनि उत्साहित भएको जानकारी दिए । महोत्सवमा ख्यातिप्राप्त लोक तथा दोहोरी गायक खुमन अधिकारी, डान्सर करिश्मा अधिकारी , गायिका रचना रिमाल, गायक उज्जवल गिरी, गायिक मंजु भट्टराई,गायक श्रीधर अधिकारी, बिनोद बिस्ट र उद्घोषकमा सुमन श्रेष्ठ लगायतको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो ।यसैबीच तिलोत्तमा डान्स आइडल २०७९, मम्मी डान्स आइडल २०७९, बिद्यालय स्तरिय नृत्य प्रतियोगिताको विभिन्न उत्कृस्ट चरणका कलाकारको प्रस्तुती, साथै सोनी डान्स ग्रुपको बेजोड प्रस्तुति रहेको मेला प्रचार प्रसार संयोजक संजु थापाले बताए । उनका अनुसार दर्शकको मत र जज हरुको मुल्यांकनको आधारमा टप कलाकारले सो प्रतियोगिताको उपाधि जित्ने छ।
महोत्सव परिसरमा सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड
राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण , ब्यापार बिबिधिकरण भन्ने मूल नारा बोकी शुरु भएको महोत्सवमा कृर्षीको पेभिलियन, ब्यापार पेभिलियन, बाल उधान, होटल रेस्टुरेण्टका अर्गानिक स्वादिष्ट परिकार सहित स्थानिय ब्यापारमा शनिबार दर्शकको भिडले सम्पुर्ण स्टल व्यवसायीहरुले सन्तोषजनक कारोवार भएको बताएका छन् ।
सास्कृतिक कार्यक्रम अन्तर्गत आइतबार मङ्सिर २२ गते उधौली पर्व अर्थात धान्य पुर्णिमाको दिन ख्याति प्राप्त लोक तथा दोहोरी एबम आधुनिक गायक रमेश राज भट्टराईको कन्सर्ट साथमा डिजे ब्याण्ड , ख्याति प्राप्त गायक हेमन्त शर्मा, गायिका शिलु भट्टराई, आरति रुचाल, गायक मधु परियारको बेजोड प्रस्तुतिसंगै तिलोत्तमा डान्स आइडल २०७९, मम्मी डान्स आइडल २०७९, बिद्यालय स्तरिय नृत्य प्रतियोगिता तथा सोनी डान्स ग्रुपको प्रस्तुति रहने बताइएको छ।
कमेन्ट गर्नुहोस्