लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब्बल उद्यमी तिलोत्तमालाई उद्यम नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण

IMG

तिलोत्तमा, १५ मंसिर २०७९। उद्यमशिल तिलोत्तमा निर्माणको उद्देश्यले तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा आयोजना गरिएको नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम अन्गर्तगत छनोट भएका अब्बल ११ उद्यमी, तिलोत्तमाको उद्यम नेतृत्व तथा व्यवस्थापन क्षमता अभिवृद्धिको उद्देश्यले सञ्चालित तीन दिने नेतृत्व विकास तथा उद्यम व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ ।


उद्यम क्षेत्रको दीगो विकासका लागि उद्यम मात्र नभएर उद्यमीहरु सोंच, श्रोत, सञ्जाल, सरकार आदिबाट पनि सबल हुनुपर्छ भन्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रममा उद्यम नेतृत्व सीप, उद्यम व्यवस्थापन विधि तथा उद्यम प्रबर्द्धन सीपबारे शिक्षण गरिएको थियो । नेतृत्व र उद्यम बारे दायित्वका अध्यक्ष डा. पुकार मल्लबाट सहजीकरण भएको थियो । प्राविधिक चुनौती र अनुकुलनीय चुनौती सन्दर्भमा दायित्वका कार्यक्रम प्रबन्धक कमल थापाले तथा दायित्वका रिप परियोजनाका वरिष्ठ कार्यक्रम संयोजक संजय पोखरेलले उद्यम र उद्यमीको प्रबर्द्धन क्षमता र सृजनात्मक सीपबारे तथा व्यावसायिक योजना तर्जुमाबारे राष्ट्रिय उद्यम महासंघका केन्द्रीय उपाध्यक्ष शान्ता वि.क.ले सहजीकरण गर्नुभएको थियो ।


यस कार्यक्रम पश्चात उद्यमीहरुले विभिन्न सरोकारवालाहरुसँग सिकाई संस्प्रेषण, संवाद रअर्न्तक्रिया जस्ता कार्यक्रम गर्नुपर्नेछ । जस अर्न्तगत समुदायसँग उद्यमी, युवासँग उद्यमी,सरकारसँग उद्यमी,सञ्चारकर्मीसँग उद्यमी,उद्यमीसँग उद्यमी यस कार्यक्रमका दौरान गर्ने कार्यक्रमका वरिष्ठ संयोजक पाखरेलले बताए / तिलोत्तमा नगरपालिका अन्तर्गत प्राप्त ८५ आवेदनहरुबाट संभावित ४० उद्यमी, सबल २० उद्यमी हुँदै अब्बल ११ उद्यमी छनोट भएको हो । अन्तिम ११ उद्यमीहरुमध्ये उत्कृष्ट हुन सफल उद्यमीले रु.१ लाख, दोस्रो हुनेले रु.३५ हजार र बाँकी ९ अब्बल उद्यमीहरुले १०/१० हजार रुपियाँ बीज कोष तथा सम्मान पत्र प्राप्त गर्नेछन् । जसको लागि सरकार र वृहत सरोकारवालाहरुको उपस्थितिमा उद्यम योजना तथा लगानी प्रस्तुती कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रमबाट अब्बल हुन सफल उद्यमीहरुले स्थानीय सरकारको उद्यम कार्यक्रम तथाअभियानमा सहकार्य गर्ने अवसर पाउने दायित्वका कार्यक्रम प्रबन्धक कमल थापाले बताउनुभयो ।


कमेन्ट गर्नुहोस्