लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोभिडले थला परेको अर्थतन्त्र उकास्न मेला

IMG

तिलोत्तमा, १५ मंसिर २०७९।लामो समयको अन्तराल पछि भैरहवामा मेलाको आयोजना हुदैछ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेलामहोत्सव आवश्यक रहेको बताउदै उद्योग बाणिज्य संघको आयोजनामा भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव२०७९ यहि २३ गते देखि सुरु हुदैछ ।सिद्धार्थ उद्योग बाणिज्य संघले बिहीबार मेला स्थलमै लुम्बिनी राष्ट्रिय महोत्सव२०७९ को सचिवालय समेत खोलेका छ । सचिवालयको उद्घाटनमा बोल्दै उद्योगीव्यवसायीले अहिलेको विषम् परिस्थितिमा मेलामहोत्सवको भूमिका अझै बढेको जनाए । नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले यस क्षेत्रको आर्थिक विकासका लागि सिद्धार्थ उद्योग बाणिज्य संघले विगतदेखि नै निरन्तर मेलामहोत्सव आयोजना लागयत व्यवसाय प्रबद्र्धनका विभिन्न क्रियाकलाप गरेर भूमिका निर्बाह गर्दै आएको जनाए ।


अहिले निजी क्षेत्र धरासायी छ, तर पनि संघले महोत्सव आयोजना गरेर आर्थिक गतिविधि चलायमान गराउने कोसिस गरेको छ’, अध्यक्ष शर्माले भने, एकै थलोमा धेरै सामानहरुको खरिदविक्री हुँदा उपभोक्ता र व्यवसायी दुबैलाई सहज र सहयोग हुन्छ । यसबाट पुँजी बजारमा आउँछ भन्ने हाम्रो विश्वास छ ।’ उनले आयोजक एउटा संस्था भए पनि भैरहवामा लाग्न लागेको महोत्सव सबैको साझा भएकाले यसको अपन्वत सबै राजनीतिक दल, निजी क्षेत्र, उद्योगीव्यवसायी, नागरिक समाज, तीन तहका सरकार र आम रुपन्देहीबासीले लिनुपर्ने बताए । शर्माले बेलहिया नाकाबाट भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई पनि मेलास्थलसम्म ल्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।


नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले अहिलेको अवस्था निकै जटिल भए पनि मेला सफल पार्न सबै क्षेत्रको सहयोग जरुरी रहेको बताए । मेलाले एउटा संस्थालाई फाइदा दिने होइन्, समग्र भैरहवा, रुपन्देही र प्रदेशकै आर्थिक क्षेत्रलाई गतिशील बनाउन सहयोग पुर्याउने हो’, उनले भने, त्यसैले सबैले मेलालाई आफ्नो सम्झिएर सहयोग गर्न म आग्रह गर्दछु ।’संघका पूर्वअध्यक्षहरु रामशंकर कान्दु, विष्णुप्रसाद शर्मा, कुलप्रसाद न्यौपाने, रामकुमार शर्मा, संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिव विजय पाण्डे लगायतले बोल्दै ग्रामीण क्षेत्रमा पनि प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने, मेला सफल बनाउन सबै एकजुट हुनुपर्ने, भैरहवाको परिवेशअनुसारका सांस्कृतिक कार्यक्रम र स्टलहरु राख्नुपर्ने, नौला र दर्शक आकर्षित हुने कार्यक्रमहरु ल्याउनुपर्ने बताए । उनीहरुले विगतमा भएका मेलाहरुबाट पाठ सिकेर यसपटक पनि मेला सफल पार्न लाग्नुपर्नेमा जोड दिए । मेला भैरहवा क्षेत्रको आर्थिक विकास र बजार चलायमान बनाउनका लागि महत्वपूर्ण कडी भएकाले सबैले भव्य र सभ्य बनाउन लाग्नुपर्नेमा जोड दिए ।


संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले आर्थिक मन्दीका बीच मेलालाई सफल र भव्य बनाउन संघले सक्दो प्रयास गरिरहेको जनाए । यो हामी भैरहवाबासीको गरिमासँग जोडिएको महोत्सव हो’, उनले भने, यसलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्न जरुरी छ ।’ न्यौपानेले, कृषि, उद्योग, पर्यटन, खेलकुद, कलासंस्कृति, प्रविधि लगायतका क्षेत्रलाई समेटेर मेलामा स्टलहरु राखिने र यी क्षेत्रको प्रबद्र्धनमा विशेष जोड दिने बताए ।भैरहवाको अंचलपुरमा मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहने आयोजकले जनाएका छन् । मेलास्थलमा अहिले धमाधम संरचना निर्माणको काम भइरहेको छ । यस्तै मेलामा धेरै भन्दा धेरै दर्शक ल्याउन प्रचारप्रसारका कामलाई पनि तिव्रता दिइएको प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।


संघले बिहीबारदेखि मेलाका सम्पूर्ण काम मेलास्थलबाट संचालन गर्ने जनाएको छ । मेलास्थलमा सचिवालय संचालन आएसँगै सबै काम यहीबाट हुने घिमिरेले बताए । संघले आयोजना गरेको महोत्सव आठौं संस्करण हो । यसअघि सात पटकसम्म संघले सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्