लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री खाँणले दिए बोहरालाई बधाई

tillotmacitynews - 2022 Nov 27 11:07 PM
IMG


तिलोत्तमा, २०७९ मङ्सिर ११ गते । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन् ।शनिबार नै सार्वजनिक मत परिणाम अनुसार बोहरा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने खाँण पराजित भए ।चुनावी नतिजा सार्वजनिक भएपछि खाँणले बोहरालाई टेलिफोन गरी बधाई दिँदै सपल कार्यकालको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ ।खाँणले रुपन्देही ३ र समग्र रुपन्देहीको बिकासमा सांसद बोहरालाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कमेन्ट गर्नुहोस्