लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाँच वर्षपछि उम्मेदवार बन्ने राजेश हमालको घोषणा

tillotmacitynews - 2022 Nov 22 11:16 PM
IMG

तिलोत्तमा सिटी न्युज, २०७९ मङ्सिर ६ गते। लामो समयदेखि सक्रिय राजनीतिमा आउने बताउँदै आएका लोकप्रिय अभिनेता राजेश हमालले अबको पाँच वर्षमा हुने निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । आइतवार भइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट खसालेपछि उनले अब राजनीतिमा सक्रिय हुने बताएका हुन् ।


उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘अबको पाँच वर्षमा हुने निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ ।’ उनले कुन तहको निर्वाचन, कुन राजनीतिक दल र कहाँबाट उम्मेदवार बन्ने भन्ने निधो नभइसकेको बताए । यसपालिको चुनावले नेपालको राजनीतिमा ठूलो परिवर्तन आउने उनको विश्वास छ । आफूले पनि परिवर्तनको पक्षमा मतदान गरेको उनको भनाई छ ।


गत स्थानीय निर्वाचनमा पनि हमालले आगामी निर्वाचनमा आफू कुनै भूमिकामा देखिन सक्ने संकेत गरेका थिए । उनलाई विभिन्न पार्टीले हरेक निर्वाचनमा उम्मेदवारको प्रस्ताव राख्ने गरेका छन् । तर, अहिलेसम्म उनी कुनै राजनीतिक दलप्रति खुलेका छैनन् । केपी शर्मा ओलीसँग निकै नजिक मानिने हमाल बेला बखतमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका हुन्छन् ।

कमेन्ट गर्नुहोस्