
तिलोत्तमा सिटी न्युज, २०७९ मङ्सिर ६ गते।प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ। प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १,४२,९०१ मत पाएको छ ।दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म १,२४,४४५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६४,३४३ मत पाएको छ । नेकपा माओवादी केन्द्र ६२,१४४ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले ३३,६३९ मत पाएको छ ।
यस्तै, जसपा नेपालले १०,६५५, जनमत पार्टीले १०,६१८, नागरिक उन्मुक्ति पार्टीले ६,६१८ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ७,२९५ , नेकपा एकीकृत समाजवादीले ६,८२१ मत पाएको छ ।
कमेन्ट गर्नुहोस्