लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही १ को भित्रि बस्तीमा भोट माग्दै घनश्याम भुसाल

IMG

रोहिणी। सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल यति बेला मतदाता भेटघाटमा व्यस्त छन्। पार्टी नेतृत्वको गलत कदमलाई सिधा खबरदारी गरेर राष्ट्रिय राजनीतिमा छुट्टै  पहिचान बनाएका भुसाल यति बेला जनताको घर घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन्।   


देवदह ,तिलोत्तमा रोहिणी र ओमसतिया गाउँपालिका गरि रुपन्देही १ मा ३३ वटा वडा रहेका छन्।रोहिणी र ओमसतियाका अधिकांश भित्रि गाउँमा शिक्षा ,स्वास्थ्य र सडकको पहुँच अझै राम्रो संग पुग्न सकेको छैन। भित्रि मधेश भएको कारण जनचेतनाको अभाव हुँदा शिक्षा र स्वास्थ्यको पहुँच बाट टाढा छन्। सडक पुगे पनि भत्किएको र खाडल छन्। यी र यस्तै खाले समस्या प्रत्यक्ष रुपमा हेर्न र सर्वसाधारणको गुनासो सुन्न भुसाल मतदाताको घर घरमा पुगेका हुन्। 


मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि,गरिबी नियन्त्रण,नि:शुल्क गुणस्तरीय शिक्षा,गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा,लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको बताए। दैनिक गुजाराका लागि रोजगारीको सिर्जना नहुँदा भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको र स्वदेशमै रोजगारीको सृजनाको लागि आफु प्रतिबद्द भएर  लाग्ने समेत भुसालले बताए। 


घरदैलो अभियान अन्तर्गत आज रोहिणीको ५, ६  र ओम सतियाको ७ वडामा मतदाता भेटघाट अभियान सम्पन्न भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्