
तिलोत्तमा, २०७९ कार्तिक २८ गते। पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ८४ रनले हराएकाे छ ।आज साेमवार त्रिवि मैदानमा यूएईले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खानले चार विकेट लिए ।
अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायाे । यूएईका लागि राेहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ नेपालका गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेकाे हाे । दोस्रो खेल पर्सि बुधवार र तेस्राे तथा अन्तिम खेल आउँदाे शुक्रवार हुनेछ ।
कमेन्ट गर्नुहोस्